नमस्कार म दिपेन्द्र अश्रुमाली आज म हाम्रो नेपालमा भरखरै मात्र भित्रीएको तर बिस्वमा फलफूलको दुनियामा आफ्नो छुट्टै पहिचाण राख्न सफल भएको ड्रागन फ्रुटको बारेमा बताउन गई रहेको छु ।
हाम्रो नेपाली बजारमा भरखरै मात्र परिचित हुँदै गरेको यो ड्रागन फ्रुट ,बिभिन्न सुपर मार्केट र एकादुई पसलमा बिक्री हुँदै आएको छ भने यसको व्यावसायिक खेती । डा. सुर्य प्रशाद पाण्डेले गर्नु हुदैछ ।
अहिले जति पनि ड्रागन फ्रुट नेपाली बजारमा बिक्री भई रहेको छ त्यो सब इन्डियाबाट ल्याईएको ड्रागन फ्रुट हो त्यसैले अब हामी नेपालि किसानहरुले पनि यो खेति गर्नतिर ध्यान दिएमा राम्रो आम्दानी गर्न सकिनेई छ ।
यो फल मूख्य त थाईल्यान्ड , मलेसिया, इजरायल , र भेतनामको लोकपृय फल हो ।
ती देसहरुमा यो फलको व्यावसायिक खेती भै रहेको छ भने अहिले भारतमा पनि यसको खेती व्यापक रुपमा हुँदै आएको छ ।
भारत सँगै अहिले नेपालमा पनि यसको खेती यदाकदा हुन थालेको छ । ड्रागन फ्रुट सिउडीको प्रजातिमा पर्छ । यसको खेती जहाँ पानी कम पर्छ जहा अधिक गर्मी हुन्छ त्यस्तो ठाउमा खेती गर्न सकिन्छ । यानिकी हाम्रो नेपालको आधा भागमा ड्रागन फ्रुटको खेती गरेर यसको फाईदा लिन सकिन्छ ।
यो फलको सेवनले मधुमेह रोगलाई नियन्त्रण गर्न मदत गर्छ भने मुटु रोगी बिरामिको लागि एकदम राम्रो गर्छ । यो फल खाएपछि पेट सफा हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डिं«क, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।
फूल फुलेको चार-पाँच दिनपछि फूलका पात सुकिसक्छ । सुकेको फूलको स्पेसल चिया बन्छ । यो फूलको विशेषता के भने यो राति मात्र फुल्छ । त्यसैले यसलाई रातकी रानी
पनि भन्ने गरिन्छ
यो फलले मौसमको परिबर्तनलाई यानीकि तापमानको उतरचडपलाई सजिल्यै सहन सक्छ भने 20 देखि 30 डिग्री सेल्सियस तापक्रम यसको लागि उपयुक्त हुन्छ ।
यसको खेती धेरै उचाईमा लगाउदा राम्रो आम्दानी लिन सकिँदैन यसको खेति 50% वार्षिक औसत वर्षा हुने जग्गामा सजिलोसँग लगाउन सकिन्छ।
यसको खेतिको लागि माटोको कुनै विशेष प्रकारको आबश्यक्ता चाहिदैन
यसको मतलब यो फलको खेती सबै प्रकारको माटोमा लगाउन सकिन्छ । तर व्यावसायिक खेती गर्न चाहाने किसानहरुले 5.4 ph देखि 7ph भएको माटोमा लगाउदा राम्रो हुन्छ ।
यो फलको खेती गर्नु भन्दा पहिला जमिनलाई राम्रोसँग खन्जोत गर्नु पर्छ । त्यस पछी गोबर मल र कम्पोस्ट मल हालेर फेरि खनजोत गर्नु पर्छ ।
यो खेति गर्ने ठाउमा पानी जम्न नदिन निकाशको राम्रो ब्यबस्थापन गर्नु पर्छ ।
यसको बिरुवा तयार पार्ने दुई तरिका छन। एक यसको बिजद्वारा र अर्को बिरुवाको हागाको कलमी गरेर ,तर धेरै किसानहरुले यसको बिरुवाको कलमी गरेर खेती गर्ने गरेका छन । यसको बिउबाट बिरुवा बनाउन धेरै समय लाग्ने गर्छ ।
व्यावसायिक खेतिको लागि बिउबाट भन्दा बिरुवाको कलमिबाट बिरुवा बनाउदा अध्यधिक राम्रो हुनेछ ।
यसको कलमी गर्दा सानोसानो हागालाई छुटाएर माटो हालिएको प्लास्टिकको प्याकेडमा राख्नु पर्छ । प्लास्टिकको प्याकेटमा उचित मल र पानीको ब्यबस्थापन गरेर जरा उम्री सके पछी ।दुई दुई मिटरको दुरिमा , 60 सेन्टिमिटर चौडा र 60 सेन्टिमिटर गहिराईको खाल्डो खनेर गोबर मल र कम्पोस्ट मल माटोसँग मिलाएर कलमी बिरुवा रोप्नु पर्दछ ।
बिरुवा बढ्दै गए पछी बिरुवाको साहाराको लागि सिमेन्टको खम्बा, बाँस, वा काठको खम्बा गाड्नु पर्छ ।
अरु खेतिको तुलनामा ड्रागन फ्रुटलाई एकदम कम पानीको आवश्यकता पर्दछ । बिरुवा रोपेको हप्ता हप्ता दिनमा सिचाइ गर्नु पर्छ ।
गर्मीको समयमा आबस्यकता अनुसार पानीको सिचाई गर्नु पर्दछ ।ड्रागन फ्रुटको लागि डृप सिचाई राम्रो हुन्छ ।
यसको बिरुवाको लागि जैबिक मल अत्यन्तै राम्रो हुन्छ । त्यसैले प्रती बिरुवा 10 देखी 15 किलो जैविक उर्वर कम्पोस्ट मल दिनुपर्छ ।जैविक मलको मात्रा प्रति दुई वर्षमा बढाउने गर्नु पर्छ यसको साथमा यसको राम्रो बिकाश गर्नको लागि समय समयमा रासायनिक मल पनि हाली रहनु पर्छ । जसमा पोटाश 40 ग्राम, सुपर फास्फेट 90 ग्राम र यूरिया 70 ग्राम प्रति बिरुवा लगाउनु पर्छ । जब बिरुवामा फल लाग्न शुरूहुन्छ तब नाइट्रोजन को मात्रा कम गरेर पोटाशको मात्रा बढि दिनुपर्छ ।जसले धेरै फल अडिन सक्छ । यसको फल आउनु भन्दा पहिला 50 ग्राम यूरिया 50 ग्राम सिंगल सुपर फास्फेट र 100 ग्राम पोटाश दिनु पर्छ । प्रति वर्ष प्रति बिरुवामा 220 ग्रामबाट रासायनिक मलको मात्रा बढाएर 1.5 किलो सम्म लगाउन सकिन्छ ।
ड्रागन फ्रुट खेतिमा आजसम्म कुनै पनि रोग देखा परेको छैन ।
ड्रैगन फ्रूटले एक सिजनमा 3 देखी 4 पटक फल दिन्छ भने प्रती फलको वजन लगभग 300 देखी 800 ग्राम सम्मको हुने गर्छ ।
प्रती बोटले एक सिजनमा ५० देखि दुई सयसम्म फल दिने गर्छ । यसको अनुपातमा एउटा बोटले अनुमानित 25 देखि सय किलो सम्म फल दिन्छ ।
एक रोपनी जग्गामा कम्तिमा 30 देखि ४० बोट लगाउन सकिन्छ । यसको अनुपातमा एक रोपनी जग्गामा प्रती बोट 20 केजिको अनुमानको दरले फलेमा 40 बोटबाट 800 केजि फल फल्छ ।
800 केजि फलको प्रती केजि 200 रुपैयाको दरले बिक्री गरेमा एक सिजमा 1 लाख 60 हजार कमाई हुन्छ ।
यस्तो राम्रो कमाई हुन सक्ने सम्भाबना भएको ड्रागन फ्रुटको खेती गर्न चाहानुहुन्छ भने असको बिरुवा चप्पल कारखाना चोक , महाराजगन्ज,काठमाडौं
यग्रो मार्ट प्रा. लि. मा पाउन सक्नु हुनेछ (Agromart Pvt.Ltd.)
01-4418921,9866072127(Viber/WhatsApp/Imo),9808511981
याग्रो मार्ट प्रा. लि.,पोखरा
बसन्त नर्सरी प्रा लि (सहकार्यमा )
न्यू रोड , पोखरा
फोन : 61-538626,9856026942
यो खेती सुख्खा हुने क्षेत्रमा धेरैले राम्रो हुन्छ त्यसैले तपाईहरुको जग्गामा पानी कम पर्छ भने यसको खेती गरेर राम्रो आम्दानी लिनुहोला । हजुरहरुलाइ यो भिडियो कस्तो लाग्यो लाईक ,कमेन्ट र सब्क्राईब गरेर अमूल्य सहयोग गरिदिनुहोला भन्दै म दिपेन्द्र अश्रुमाली
बिदा ह